मंसिर ०७, २०८१, शुक्रबार
               

संवैधानिक इजलासमा बहसको समय तोकियो

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा जारी सुनुवाइमा बहस गर्ने अधिवक्तालाई समय तोकिएको छ ।

आज (बुधबार) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आधा घण्टाको समय निर्धारण गरेका हुन् । 

यसअघि एउटै अधिवक्ताले घण्टौँ बहस गरेपछि समय अभाव हुनसक्ने भन्दै बहसलाई छरितो बनाउन न्यायाधीशहरुले सुझाव दिएका थिए । 

तर प्रधानन्यायाधीश राणाले समय निर्धारण गरे लगत्तै बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले एक घण्टा समय माग गरेका थिए ।

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध गत आइतबारदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई जारी छ ।

यो पनि