मंसिर ०७, २०८१, शुक्रबार
               

ओलीको प्रतिगमनकारी कदम सच्याउन आमनेपाली सडकमा उत्रिएका हुन् : खनाल

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । दाहाल-नेपालपक्षीय (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली जनताले सडक आन्दोलनबाट ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट निर्माण गरिएको संविधानको रक्षा र कार्यान्वयनका लागि सडकमा उत्रनुपर्ने बाध्यता आएको बताएका छन्  ।

सोपक्षीय नेकपाले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रमा नेता खनालले सो कुरा बताएका  हुन् ।

‘क्रान्ति र प्रतिकान्तिका अनेकन घुम्ती पार गरेर जनताका मुद्धालाई कार्यान्वयन गर्न आएको पार्टी कहिल्यै पनि प्रतिगमनकारी कदमलाई स्वीकार गर्न सक्दैन,’ खनालले भने । सो क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम सच्याउनका लागि आम नेपाली सडकमा उत्रिएको बताएका छन् ।

प्रतिकदमकारी कदम चाल्ने केपी ओलीले आफ्नो कदमलाई राजनीतिक कदम भने पनि त्यो प्रतिगमनकारी कदम रहेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि