मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना भाइरस नियन्त्रणमा गैरआवासीय नेपाली संघको अहम भूमिका छ : मन्त्री ज्ञवाली

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् । 

शनिबारबाट भर्चुवल माध्यमबाट सुरु भएको गैरआवासीय नेपाली संघको विशेष महाधिवशेनलाई संबोधन गर्दै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।

संबोधनका क्रममा मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए । 

‘संकटको अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ,’ मन्त्री ज्ञवालीले भने । गैरआवासीय नेपाली संघ विशुद्ध सामाजिक संस्था भएको बताउँदै उनले राजनीतिक दृष्टिकोणलाई बाहिर राखेर सहकार्य गरेर अघि बढ्नु पर्ने बताए । शनिबारबाट सुरु भएको सो संस्थाको महाधिवेशन आइतबारसम्म चल्नेछ । 


कस्तो लाग्यो ?

यो पनि