मंसिर ०७, २०८१, शुक्रबार
               

प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस उभिन्छ : कांग्रेस नेता पौडेल

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस, प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका छन् ।

शनिबार विराटनगर पुगेका नेता पौडेलले कांग्रेस प्रतिपक्षी भएको बताउँदै  अविश्वासको प्रस्तावको पक्षमा उभिने बताएका हुन् । तर,कांग्रेस अझैसम्म के गर्ने भन्ने विषयमा अन्योलमा छ । प्रस्तावमा समर्थन गर्ने नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा प्रचण्ड-माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

‘केन्द्रमा पनि स्याडो -छायाँ) सरकार बनाएका छौँ । यहाँ पनि हामी प्रतिपक्षी हो,’ उनले भने, अविश्वासको प्रस्ताव आयो भने अहिलेको सत्ताको खिलापमा हामी जान्छौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा नाममा अस्थिरता ल्याउन खोजेको भन्दै उनले अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास व्यक्त गरे ।


कस्तो लाग्यो ?

यो पनि