काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धको अवधिमा जनमुक्तिले गरेको गदान, त्याग, बलिदान र क्रान्तिप्रति आफ्नो सम्मान रहेको बताएका छन् ।
पूर्वजनमुक्ति सेनाका कमाण्डरसँग बालुवाटारमा आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
शनिबार बालुवाटारमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उनले भने, ‘नेतृत्वले तपाईंहरूका भावनाकाे दुरूपयाेग ग-याे । याे तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयाे, याे एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहाेस्, हामी राजनीतिक रूपमा समस्याकाे वास्तविक समाधान गर्छाैँ । नेतृत्वबाट विगतमा जस्ताे धाेका पाउनुहुने छैन ।’