काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको स्थायी कमिटी बैठक आइतबार साढे बाह्र बजे बस्ने बताएका हुन् ।
शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा छलफल भएको छ । सो छलफलमा पार्टीको ९ गतेको विरोधसभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।
आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने श्रेष्ठले बताए ।