मंसिर ०७, २०८१, शुक्रबार
               

दाहाल र नेपालप्रति प्रभु साहको आक्रोश

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । सहरी विकासमन्त्री प्रभु साहले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताउँदै दाहाल-माधवप्रति आक्रोश पोखेका छन् ।

प्रचण्ड र माधव नेपालकै कारण नेकपा यो स्थितिमा आइपुगेको उनले बताए । भेलालाई सम्बोधन गर्दै नेता साहले वास्तविक माओवादीहरूले पार्टी एकता चाहेको, तर लामो प्रचण्ड पदको लोभमा डुबेको बताए । प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लोभले प्रचण्डले पार्टी एकता टुटाए आरोप लगाए । उनले भने, ‘अन्तरघातीहरूलाई पाठ सिकाउनुपर्छ ।’

त्यसैगरी, उनले माधव नेपालको पनि चर्को आलोचना गरे । ‘राजा ज्ञानेन्द्रलाई दाम चढाउन गई माधव नेपालले एमालेलाई ध्वस्त पारेका थिए । प्रचण्ड-माधवहरुले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेकाले ताजा जनादेशका निर्वाचनमा जानुभन्दा अर्को विकल्प नभएको मन्त्री साहले बताए ।


कस्तो लाग्यो ?

यो पनि