काठमाडौं । निर्वाचन आयोगले आफूले नेकपाको कुनै पनि समूहलाई आधिकारिकता नदिएको बताएको छ ।
संसद् विघटनपश्चात् दुवै धार नेकपाले आफूलाई आधिकारिक नेकपा भनी दाबी गरिरहँदा निर्वाचन आयोगले आफूले कसैलाई पनि आधिकारिकता नदिएको भनी शुक्रबार स्पष्टीकरण दिएको हो ।
११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुवै समूहको दाबी अस्वीकार गरेको थियो । योसँगै कानुनीरुपमा नेकपाको अध्यक्ष ओली र प्रचण्ड रहे भने केन्द्रीय कमिटी ४४१ सदस्यीय नै कायम भयो । निर्वाचन आयोगले छिट्टै दुवै पक्षसँग संयुक्त छलफल गर्ने बताएको छ ।