काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका १० विषयगत समितिका सभापतिले प्रयोग गर्दै आएको सेवा सुविधा फिर्ता गर्न अनुरोध गरेको छ ।
सचिवालयले प्रतिनिधिसभा विघटन भएसँगै विषयगत समिति स्वत: विघटन भएको बताउँदै आइतबार एक विज्ञप्तिमार्फत् सो आग्रह गरेको हो ।
प्रतिनिधिसभा विघटनसँगै प्रतिनिधिसभाका सदस्य (सांसद) हरुको सांसदको हैसियतले सरकारले उपलब्ध गराउँदै आएका सेवा सुविधा पनि खोसिएका छन् ।
तर, प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापतिमध्ये नौ सभापतिले अझै सेवा उपभोग गरिरहेका छन् ।