काठमाडौं ।नेपाली कांग्रेसका भातृ संगठनहरुले प्रतिनिधिसभा विघटनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।
आइतबार कांग्रेस भातृ १३ संगठन संयुक्त विज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् । केन्द्रीय समिति बैठकको निर्देशनअनुसार १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा सोमबार एकसाथ ७७ जिल्लामा प्रदर्शन हुँदै छ ।
भोलिको प्रदर्शनमा कांग्रेसका भ्रातृ संस्थाले संसद् विघटनमार्फत् सर्वसत्तावादउन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासिनताका मुद्दालाई अघि सारेका छन् ।
‘प्रदर्शनमा सहभागिताका लागि सबै सदस्य, समर्थक, शुभचिन्तक एवं जनसमुदायमा हार्दिक अपिल छ,’सो विज्ञप्तिमा भनिएको छ ।