सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले जनतालाई हिनताबोध हुने खालका काम नगरेको बताएका छन् ।
कर्णाली प्रदेशमसभाको दोस्रो वार्षिकोत्सवको शुभकामना आदानप्रदान गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
‘कठिन परिस्थितिका बीचमा पनि हामीले केही आशाका साथ कर्णालीको विकास र परिवर्तनमा पाइला चालेका छौँ । जनता निराशह र हिनताबोध हुनुपर्ने अवस्था छैन,’ उनले भने, ‘ हामीले जनताको आवश्यकता र चाहनाअनुसार काम गरेका छौँ ।’ प्रदेश सरकार स्थापना भएदेखि हालसम्म विभिन्न बाधा–व्यवधानका बीचमा जनताको आशा अपेक्षालाई साकार पार्न आफूहरु दृढ भएको उनले बताए ।
‘जनताको अपेक्षा अनुसार काम गर्न केही कमजोरी भएको छ, हामी स्वीकार गर्छौँ नै । यसको मतलब यो हैन कि हामीले कुनै काम गर्न सकेका छैनौँ । शुरुमा जिल्ला समन्वयन समितिको सभाहलबाट प्रदेशको गतिविधि शुरु गरेका हामीले आफ्नै संरचना निर्माण गर्नेदेखि ठुल्ठुला कामहरु गरेर मुख्य उपलब्धी हासिल भएका छन् ।’