काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आत्मआलोचना गरेका छन् । आइतबार एक भिडियो सन्देश जारी गरी उनीहरुले विगतका कमी-कमजोरीप्रति माफी माग्दै आत्मआलोचना गरेका हुन् ।
माघ २८ गतेको जनप्रदर्शनमा सहभागिताका लागि आह्वान गर्दै उनीहरुले आइतबार विगतका कमी-कमजोरीप्रति माफी मागे ।
‘हामी विगतका भएका आफ्ना कमी-कमजोरीहरूको आत्मसमीक्षा गर्छौं । हुन गएका कमी-कमजोरीहरू सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्छौं,’ अध्यक्ष प्रचण्ड र नेता नेपालले संयुक्त रूपमा जारी गरेको भिडियो सन्देशमा भनिएको छ ।