काठमाडौं । प्रधानमन्त्री केपी ओली, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध हस्ताक्षर गर्ने आफ्ना सांसदहरूलाई हस्ताक्षर फिर्ता लि नेकपा एमालेले निर्देशन दिएकाे छ ।
नेकपा एमालेका सांसदसमेत सहभागी भएर प्रधानमन्त्री ओली, बागमती प्रदेशका मुख्यमन्त्री पौडेल र प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाे थियो । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन सांसदहरूलाई हस्ताक्षर फिर्ता गर्नू भनी पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले निर्देशन दिएका हुन् ।
शुक्रबार बसेको केन्द्रीय कमिटीको विशेष बैठकको निर्णय अनुसार विज्ञप्ति निकालिएकाे हुँदा पार्टीकाे निर्णय अनुरुप चल्न सांसदहरुलाई आग्रह गरिएको हाे ।