नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भोलि बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
शुक्रबार साँझ केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि नेपाल-खनाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर शनिबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
आजकै भेलाले चैत पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ । भेलामा सबै जनवर्गीय संगठनहरूको सहभागिता हुने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय भएको बताइएको छ ।