काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।
वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताउँदै सो भेला बोलाएको हो ।
भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारीलगायतलाई उपस्थित हुन आह्वान गरिएको छ ।
पुस ५ मा प्रतिनिधिसभा विघटसँगै ओलीको विरोध गर्दै आएका खनाल नेपाल समूह फागुन २३ को सर्वोच्चको फैसलाले पुन: एमाले ब्यूत्याइदिएको छ ।
माले ब्यूँतिएसँगै अध्यक्ष ओलीले शुक्रबार नेपाल खनाल समूहका नेताको जिम्मेवारी हटाइ आफूपक्षीयलाई जिम्मेवारी दिएका छन् ।सोको विरोधमा उनीहरुले उक्त भेला बोलाएका हुन् ।