मंसिर ०७, २०८१, शुक्रबार
               

दाहाल-नेपालप्रति ओलीको व्यंग्य: माकुराको जालोमा भैँसी पर्दैन

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार नरहे आगामी चुनावमा दुईतिहाइ ल्याइ सिंहदरबार पस्ने बताएका छन् । 

शनिबार अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित भेलामा दाहाल नेपाललाई लक्षित गर्दै ओलीले कसैले बुनेका तानाबानाले आफूलाई केही फरक नपार्ने बताएका हुन् । 

‘कसैलाई प्रतिपक्षमा बस्न के–के न गाह्रो हुन्छ । ०७३ सालमा म प्रधानमन्त्रीबाट हटाइएँ । १९ महिनापछि दुुईतिहाइ लिएर फर्किएँ । अहिले हटाउन सक्छ भने हटाओस् । हटाउने प्रयास भइरहेको छ,’ ओलीले भने, ‘तर, २० महिनापछि फेरि यो पार्टी, सूूर्य चिन्हधारी पार्टी, नेकपा एमाले नामको पार्टी, दुुईतिहाइ लिएर सिंहदरबारबाटै मूलगेटबाट फेरि पस्छ । हामी सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौं । हामी राजनीतिक प्राणी हौँ ।’

सोही क्रममा उनले आफ्नो गन्तव्य नभएर देश विकास भएको बताए ।

‘हाम्रो गन्तव्य सत्ता होइन । हाम्रो गन्तव्य देशको विकास हो, जनताको समस्या साधान गर्दै अघि बढ्ने कुरा हो । हामीले निर्धारित गरेका लक्ष्यहरु कृषिको आधुनिकीकरण हो । रोजगारीका अवसरहरू सिर्जना गरेर अगाडि जाने कुरा हो । यस देशमा जनतालाई हेर्ने हामीबाहेक अरु को छ,’प्रधानमन्त्रीले ओलीले भने ।   

नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतले बुनेका तानावानाले आफूलाई कुनै फरक नपर्ने बताउँदै उनले माकुराको जालोमा भैँसी नपर्ने बताए । 

‘हामी धेरै सजिला अप्ठेराहरु झेलेर आएका छौँ । जेलनेल, भूमिगत, दमन, लडाइँ–झगडा खेपेर त्यसविरुद्ध लडेर आएका छौँ,’ प्रधानमन्त्री ओलीले भने,  ‘त्यसकारण म भन्ने गर्छु माकुराले थापेको जालोमा भैँसी पर्दैन । अहिले पनि माकुराहरूले थुुप्रै जालो थापे । तर, गैँडा सुरु–सुरु अघि बढ्छ । जालो कहाँ थियो, त्यसले थाहै पाउँदैन । हामी देश विकासको कुरा हेरेर अघि बढेका छौँ ।’


कस्तो लाग्यो ?

यो पनि