काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खनाल-नेपाल समूहले खनाल–नेपाल निकट केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले प्रदेशगत इन्चार्ज चयन गरेको छ ।
राष्ट्रिय कार्यकर्ता भेलाका लागि भन्दै सो बैठकले शनिबार प्रदेशगत इन्चार्जमा क्रमश: प्रदेश १ देखि सुदूरपश्चिमसम्म भीम आचार्य, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र भीम रावललाई चयन गरेको हो ।
त्यसैगरी, बैठकले रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
यसअघि नेकपाबाट ओलीविरुद्ध उभिएको नेपाल समूह २३ फागुनको सर्वोच्चको फैसलासँगै एमालेमा रुपान्तरण भएको छ ।तर, सर्वोच्चको फैसलासँगै ओलीले आफूपक्षीय भेला राखी नेपाल र उनको समूहमा आबद्ध सबैको जिम्मवारी खोसी आफूपक्षलाई दिएका छन् । जसका कारण एमालेको माधव समूह ओलीप्रति झन रुष्ट बनेको छ ।