मंसिर ०७, २०८१, शुक्रबार
               

ओली-नेपाल समूहबीच धुम्बाराहीमा छलफल सुरु

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना समूहका नेता र वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरूबीच ३ महिनापछि सम्वाद सुरु भएकाे छ ।

यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाएका थिए । तर नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बाराही जान राजी भएका हुन् ।

छलफलमा ओली समूहबाट महासचिव ईश्वर पोखरेल. सुवास नेम्वाङसहितका नेताहरु सहभागी छन् भने नेपाल समूहबाट भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत सहभागी छन् ।

अध्यक्ष ओलीले २८ गते बालुवाटारमा आफू पक्षीय नेताहरुको बैठक बसेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद झन् चर्किएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि