काठमकाडौं । प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न पनि सुझाव दिएका छन् ।
मंगलबार उपाध्यक्ष गौतमले एमाले राष्ट्रिय एकता अभियान कार्यसम्पादन समितिको बठैकमा वाम सरकारको आवश्यकता रहेको बताउँदै देशमा कम्युनिस्टकै नेतृत्वमा सरकार बनाउन अध्यक्ष ओलीलाई सुझाव दिएका हुन् ।
नेकपा अस्तित्वा हुँदै दुई गुटलाई मिलाउने अभियान चलाएका गौतमले अब दुई खेमामा विभाजित एमालेलाई एकताबद्ध गराएरै छाड्ने बताउँदै एमाले एक बनाउन अध्यक्ष ओलीकै महत्वपूर्ण भूमिका रहेको बताए। पार्टीलाई विधान, संगठनात्मक संरचना र प्रणालीअनुसार चलाउन सो क्रममा उनले सुझाव दिए ।
सर्वोच्च अदालतले नेकपा एकता प्रक्रिया खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँतिए पनि वामगठबन्धनको संभावना रहेको गौतमले बताए। उपाध्यक्ष गौतमले वाम सरकार बनाउनका लागि प्रधानमन्त्री केपी ओलीले पहल गर्नुपर्ने पनि बताए ।
यसअघि पुस ५ मा नेकपा विभाजन हुँदा नेकपा एकीकरण गर्ने भन्दै अघि बढेका उनी सर्वोच्चको फैसलासँगै एमाले विभाजननजिक पुगेका बेला एमाले एकता गराउन प्रयत्नशील छन् ।
सर्वोच्चको आदेशसँगै उनको एकता अभियानको नाम पनि परिवर्तन गरी आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियानमा रुपान्तरण गरेका छन् । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान बनाएका थिए ।