नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरू पनि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन् ।
उनीहरू ललितपुरको एक पार्टी प्यालेसमा छलफलपछि बालुवाटारकै बैठकमा जाने निष्कर्षमा पुगेसँगै उनीहरू बालुवाटारतर्फ लागिसकेका छन् ।
यसअघि हिजो नेता योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलाका कारण आजको बालुवाटार बैठकमा सहभागी हुन नसक्ने जनाएका थिए । तर आज बिहान लितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर छलफलपछि माधवकुमार नेपाल, झलनाथ खनाललगायत स्थायी समिति सदस्य बाहेकका सांसदहरू बालुवाटार जाने तयार भएका हुन् ।