मंसिर ०७, २०८१, शुक्रबार
               

संसदीय दलको बैठक हिँडेका सांसदलाई बीच बाटोबाटै फर्काइयो

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित हुन बालुवाटार माधव नेपाल पक्षका सांसदहरूलाई बीच बाटाेबाटै फर्काइएकाे छ ।

 सांसद जीवनराम श्रेष्ठका अनुसार बालुवाटार बैठकमा उपस्थित भई हस्ताक्षर गरेर फर्किने गरी सानेपाबाट निस्केका भए पनि बाटोबाटै फर्किनु परेका हुन् । फागुन २८ गते अध्यक्ष ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन, पदाधिकारी खारेज, नेताहरुको जिम्मेवारी हेरफेर र महाधिवेशनको मिति तोकेपछि नेपाल समूहले छुट्टै राष्टि्य भेलाकाे आयोजना गरेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको थियो । उक्त बैठकमा भाग लिन जाँदै गरेका सांसद बाटोबाटै फर्केर खनाल-नेपालले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय भेलामै उपस्थित भएका छन्।


कस्तो लाग्यो ?

यो पनि