नेकपा एमालेको संसदीय बोर्ड गठन भएको छ । बालुवाटारमा जारी दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । २७ जना सदस्य रहने बाेर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि समेटिएकाे स्राेतले जनाएकाे छ ।
नेकपा एमालेको संसदीय दलको विधान अनुसार २३ सदस्यीय एमाले संसदीय बोर्डमा दलको नेता अध्यक्ष रहनेछन् । त्यस्तै दलको उपनेता, राष्ट्रियसभा दलको नेता, संघीय संसदको प्रमुख सचेतक र सचेतक, राष्ट्रियसभाका प्रमुख सचेतक बोर्डको पदेन सदस्य हुन्छन् ।
बोर्डमा प्रत्येक प्रदेशबाट १ जनाको दरले ७ जना प्रादेशिक प्रतिनिधि, दलित, मधेशी, मुस्लिम, आदिवासी जनजाति र पिछडिएको क्षेत्रबाट ६ जना निर्वाचित हुनेछन् । बोर्डमा एक तिहाइ महिला सदस्य संघीय संसदीय दलद्वारा निर्वाचित हुनेछन् । त्