मंसिर ०७, २०८१, शुक्रबार
               

१७ बुँदे प्रस्ताव पारित गर्दै राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

नेकपा (एमाले) नेपाल–खनाल समूहको बुधबारदेखि राजधानीका सुरु राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै समापन भएको छ ।

पार्टीलाई विधि विधान अनुसार संचालन गर्नु पर्नेमा केपी ओलीले एकलौटी निर्णय गरेका कारण अहिलेको अवस्था आएको भेलाले निष्कर्ष निकालेको छ । 

यस्तै राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित भएका नेता कार्यकर्ताहरुलाई केपी शर्मा ओली पक्षबाट सार्वजनिकरुपमा दिइएको धम्कीलाई पनि भेलाले अस्वीकार गरेको छ । 

कार्यक्रम समापनपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै नेता योगेश भट्टराईले आफ्नो तर्फबाट पार्टी फुटाउन कुनै पहल नगर्ने बताए । ०७५ जेठ २ गतेकै अवस्थामा पार्टी फर्किएको बताउँदै भट्टराईले ओलीले गठन गरिएको बोर्ड मान्य नहुने बताए । 

राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरि पार्टीलाई एकताबद्ध बनाउनु पर्नेमा जोड दिएका थिए । राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनु पर्नेमा जोड दिएका छन् । 

भेलामा सहभागी भएका देशभरका नेता कार्यकर्ताको सुझाव र भावनाअनुसार निर्णय हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले पार्टी विधान संशोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो । 


कस्तो लाग्यो ?

यो पनि