मंसिर ०७, २०८१, शुक्रबार
               

गृहमन्त्री बादलको प्रमुख स्वकीय सचिवमा विवेक

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख स्वकीय सचिवमा नेपबहादुर कुँवर (क विवेक) नियुक्त भएका छन् । तत्कालीन माओवादीको लडाकु दस्ता जनमुक्ति सेनाका डिभिजन सहायक कमान्डर रहेका उनले हालै पदबहाली गरेका छन् । स्पष्ट वत्ता तथा पार्टी संगठन निर्माणमा दक्ष रहेका विवेक पार्टीमा भइरहने विभिन्न कार्यक्रमको नेतृत्व गर्दै आएका थिए । 

माओवादी सशस्त्र द्वन्द्वको समयमा छौटौँ डिभिजन सहायक कमान्डरको हैसियतमा विवेकले नेपालको पश्चिम क्षेत्रमा नेपाली सेना तथा नेपाल प्रहरीसँग भएका ठूला भिडन्तको कमान्ड सम्हालेका थिए । 

तत्कालीन एकीकृत माओवादीबाट मोहन वैद्य, बादल, तथा नेत्रविक्रम चन्द्र (विप्लव) छुट्टिएपछि विवेक पनि उतै गएका थिए । उनी पार्टीको पोलिट्ब्यूरो सदस्यसमेत थिए ।  २०७३ मा पनि मोहन वैद्यलाई छाडेर बादल नेतृत्वको समूह एमाओवादीमा एकता भएको थियो । एकतापछि बनेको माओवादी केन्द्रमा विवेक युवा दस्ता वाइसिएलका प्रमुख थिए । 

माओवादीको सल्यान जिल्लाका इन्चार्जसमेत रहेका विवेक सशस्त्र द्वन्द्वअघि नै गृहमन्त्री बादलसँग नजिक थिए । उनले सशस्त्रद्वन्द्वमा माओवादी शीर्ष नेताहरूको सुरक्षाको अग्रपंतिमा रहनेदेखि विभिन्न युद्धको कमान्ड सम्हालेका थिए ।


कस्तो लाग्यो ?

यो पनि