काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी समिति बैठक सुरु भएको छ ।
राष्ट्रिय भेला कार्यक्रम सकिएको भोलिपल्ट अध्यक्ष केपी शर्मा ओलीले शनिबार संसदीय दलको बैठक बोलाएसँगै शुक्रबार साँझ साढे ५ बजेबाट सो समूहको स्थायी कमिटी बैठक अनौपचारिक रुपमा सुरु भएको हो ।
बैठक राष्ट्रिय कार्यकर्ता भेलाको समीक्षा, समसामयिक राजनीतिक विषय, पार्टीभित्रको विवादलगाय विषयमा केन्द्रित हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय समितिको बैठक डाकेर, महाधिवेशनको मिति घोषण गर्ने, केन्द्रीय सदस्य थप गर्ने, पदाधिकारी बर्खास्त गर्ने लगायतका निर्णय गरेपछि एमाले फुटको संघारमा पुगेको छ। शुक्रबारै नेकपा अध्यक्ष दाहाल र माधव नेपालबीच गोप्य भेटवार्ता भएको पनि खुलेको छ । बैठक बानेश्वरस्थित अर्याल होटलमा बस्दै छ ।