नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बाेलाएकाे संसदीय दलकाे बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय ४ सांसद सहभागी भएका छन् । नेपाल पक्षीय सांसदहरू कृष्णभक्त पोखरेल, सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बैठकमा सहभागी भएका हुन् ।
नेपालका विश्वासपात्र मानिने पोखरेलले नेपाललगायतले पार्टी फुटाउन खोजेकाले आफू सो समूह छाडेर ओलीतिर लागेको बताए, ‘नेपालहरूले पार्टी फुटाउन लाग्नु भएकोले मैले उहाँहरूलाई छोडेर यता आएको छु । मुलुकको आर्थिक समृद्धि केपी ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने पक्षमा उभिएको छु । एमाले र जबज नै प्रमुख कुरा हो ।’
सर्वोच्च अदालतको फैसलापछि एमाले पूर्ववत् अवस्थामा फर्किंदा खुसी लागेको एकताकाे पक्षमा आफूहरू रहेकाे बताउँलै उनीहरू ओली समूहमा फर्किएकाे उनीहरूले बताएका छन् ।