नेकपा एमालेको संसदीय दलको विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय आजकाे संसदीय दलकाे बैठकले निर्णय गरेकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संशोधित विधान परित गर्दै केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बिहीबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरू विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको ३ सदस्यीय विधान संशोधन कार्यदल बनाएको थियो ।