काठमाडौं । सत्तासीन नेकपा एमालेले सोधेको स्पष्टीकरण पत्र नेता भीम रावलले बुझ्न अस्वीकार गरेका छन् ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय केन्द्रीय समितिबाट गराएका थिए ।
सोहीअनुसार नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण पत्रमा एमाले महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेका छन् ।
रावलले नबुझे पनि नेता नेपाल र पाण्डेले भने पत्र बुझेका छन् । स्पष्टीकरणमा गुटबन्दी गरेको, समानान्तर कमिटी चलाएको आरोप लगाइएको छ ।