काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले छुट्टै अनेरास्ववियुको कमिटी गठन गरेको छ । उक्त समूहको विद्यार्थी भेलाले अनेरास्ववियुको छुट्टै (समानान्तर) कमिटी गठन गरेको हो ।
मंगलबार राजधानीभएको राष्ट्रिय भेलाले साविक कमिटीका सचिव सुदेश पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको नयाँ नेतृत्व चयन गरेको छ । त्यस्तै, सहअध्यक्ष वसिम आलम, उपाध्यक्ष यसु लामा र हिरेन्द्र शाही तथा महासचिव आरती लामा चयन भएका छन् भने सचिवमा महेश श्रेष्ठ, अशोक थापा, राजन शर्मा पराजुली, कल्याण दाहाल र प्रदीप थापा चयन भएका छन् ।