मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीद्वारा नयाँ पार्टी कार्यालय अवलोकन

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको मुख्य पार्टी कार्यालय थापाथली हाइटमा सर्ने भएको छ ।

धुम्बाराहीमा रहेको सो दलको केन्द्रीय कार्यालय वैशाख १मा थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा सर्न लागेको हो । नयाँ भवनको अवलोकन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेका छन् । पार्टी कार्यालय रहने भवन निरीक्षणका लागि अध्यक्ष ओलीसहित अन्य शीर्ष नेताहरु पनि पुगेका थिए ।

०७२ सालमा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्काएपछि धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएको थियो । पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीस्थित एक व्यापारीको घरमा सर्ने भएको हो ।

एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठाको भवनमा कार्यालय सारिएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले वैशाख १ गते वा त्यसअगावै नै पार्टी कार्यालय थापाथली सर्ने बताए । उनले अहिले पार्टी कार्यालयको इन्टेरियर डिजाइनिङको काम भइरहेको जानकारी दिए । धुम्बाराहीस्थित भवन पासाङ ल्हामु स्मृति प्रतिष्ठानलाई नै चाहिने भनेकाले आफूहरुले कार्यालय सार्नुपरेको थापाले बताए ।


कस्तो लाग्यो ?

यो पनि