काठमाडौंः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक भोलिका लागि बोलाइएको छ ।
समानान्तर गतिविधिलाई तीव्रता दिएको उक्त समूहले पार्टीलाई विधान, नियमावलीअनुरूप चल्न दबाब दिन केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको दाबी गरिएको छ ।
आफूहरू एमाले विभाजन गर्नु नहुँने पक्षमा रहेको भन्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विधान, सर्वोच्च अदालतको फागुन २३ को फैसलाअनुसार चल्न र २०७५ जेठ २ मै फर्कन दबाब दिने अभिप्रायले बैठक आयोजना गरिएको बताइएको छ ।