मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाल र रावललाई गरिएको कारबाहीप्रति युवसंघको आपत्ति

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

काठमाडौं । युवा संघ नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र नेता भीम रावललाई गरिएको निलम्वन आपत्ति जनाएको छ । 

युवा संघ नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । दलाल नोकरशाही पुँजीपति वर्गको आड भरोसा र अवसरवादमा परी कम्युनिष्ट एकतालाई भाँड्ने र विघटनसम्म लैजाने उद्देश्यले घटना गराइएको सो विज्ञप्तिममा उल्लेख छ ।

युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाहीद्वारा जारी विज्ञप्तिमा उक्त कार्य समाजवाद निर्माणको आधारशीला निर्माण गर्ने प्रतिबद्धताविपरीत मुलुकलाई गम्भीर राजनीतिक अस्थिरताको भड्खालोमा पुर्‍याउन उद्यत रहेको दाबी गरिएको छ । 

 

यो पनि