मंसिर ०७, २०८१, शुक्रबार
               

अदालतले पार्टी मिलाइदिने हो? : ओली

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उल्टापाल्टा कुरा नगर्न आग्रह गरेका छन् । पार्टी एकताकै बेकारको कुरा डबलीमा गर्दै हिँडेको भन्दै ओलीले प्रचण्डलाई बेकारका उल्टापाल्टा कुरा नगर्न भनेका छन्।

नेकपा खारेज गरेको विषयमा प्रचण्डले आज सर्वोच्चमा मुद्दा दिएका थिए । त्यसतर्फ संकेत गर्दै ओलीले अदालतले पार्टी मिलाइदिने हो भन्ने प्रश्न गरेका छन् । उनले अदालतलाई मजाकका रुपमा नलिन आफूइतरका नेताहरुलाई सुझाव दिए । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै फागुन २३ को सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएर पुनरावलोकनमा गएर अदालतलाई मजाकका रुपमा लिएको बताएका हुन् ।

‘आज पुनरावलोकनमा जानुभएको छ रे, अदालत कुनै मजाक गर्ने ठाउँ हो ? दर्ता खारेज गरिदियो पार्टी आफ्ना आफ्नै भइसके । डबलीमा बोल्ने मान्छेसँग एकता ? सही कुरा गर्नुपर्छ नि एकता गर्न खोजेको तर सिध्याउनु पर्छ भन्ने,’ ओलीको आरोप छ ।


कस्तो लाग्यो ?

यो पनि