मंसिर ०७, २०८१, शुक्रबार
               

ओलीलाई पाण्डेको जवाफ - 'तपाईंको आरोपले तपाईंकै विवेक र संस्कारलाई देखाउँछ'

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीकाे स्पष्टीकरण पत्रमा लगाइएको आरोपप्रति आपत्ति जनाएका छन् ।  उनले आज स्पष्टीकरणको जवाफी प्रश्नसहितको पत्रमा उनले आफूलाई लगाइएको आरोपले ओली नै लञ्जित हुनुपर्ने बताए ।

उनले स्पष्टीकरण पत्रमा भनेका छन् -"तपाईँले पठाउनु भएको पत्रमा मेराविरुद्ध लक्षित निन्दात्मक भाषा र अर्थले स्वयम् तपाईँहरुको व्यक्तित्व, अध्ययन, विवेक र संस्कारलाई देखाउँछ । पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरे-गराएको’,‘अवाञ्छित क्रियाकलापहरूमा पार्टीका जिम्मेवार व्यक्तिहरूलाई सम्मिलित गराएको- उक्साएको’, ‘अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहित विपरित काम गरे-गराएको’ आदि जस्ता आरोप लगाउनुभन्दा अगाडि तपाईं आफैं लज्जित हुनु पर्ने हो ।  म त तपाईंलाई आग्रह गर्न चाहन्छु तपाईंले लगाउनु भएको आरोपमा उभिएर तपाई आफैंलाई मुल्यांकन गर्नु होस् ।"


कस्तो लाग्यो ?

यो पनि