काठमाडौं । नेकपा एमाले खनाल–माधव समूहले दुईमहिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
शनिबार राजधानीमा बसेको सो समूहको स्थायी कमिटी बैठकले दुईमहिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले केही दिनअघि राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझावलाई ध्यानमा राखेर पुस्तक प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै बैठकले आगामी जेठ ३ गते मदन–आश्रित जयन्ती चितवनमा मनाउने निर्णय पनि गरेको छ ।