पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रोमी गौचन थकालीको घाँटीको शल्यक्रिया गरिएको छ । टोखास्थित ग्रान्डी अस्पतामा शल्यक्रिया गरी अहिले डिस्चार्ज गरिएको छ ।
उपचारमा संलग्न चिकित्सकहरूले गौचनलाई अझै केही दिन आराम गर्नुपर्ने सुझाव दिएका छन् । घरमै आराम गरिरहेका पूर्वमन्त्री थकालीको स्वास्थ्य अवस्था सामान्य रहेको पारीवारिक स्रोतले बताएको छ ।
घाँटीको समस्याका कारण केही दिन अघिदेखि भोकल रेष्टमा रहेका गौचनको शल्यक्रिया नै गर्नुपरेको हो । उनी अझै केही दिन भोकल रेष्टमा रहने जनाइएको छ ।