नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् ।
‘अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोजिनुपर्नेमा २०७८ वैशाख ८ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तत्काल रोकिनुपर्छ’, वक्तव्यमा उल्लेख छ ।
बोहराले गएको २८ फागुनमा अध्यक्ष ओलीले एक्लौटी निर्णय गरेकाले त्यसलाई खारेज गर्नुपर्ने सुझाव पनि दिएका छन् । बोहरा एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष निर्वाचित भएका हुन् ।