मंसिर ०७, २०८१, शुक्रबार
               

कुरा नमिल्दा गण्डकीमा नयाँ सरकार बनाउन समस्या

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

गण्डकी । गण्डकी प्रदेशमा मंगलबार नयाँ सरकार गठनबारे दलले प्रयासलाई तीव्र बनाएका छन् । यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरे पनि राष्ट्रिय जनमोर्चासँग अझै कुरा मिल्न सकेको छैन । 

जनमोर्चाले यसअघि अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरे पनि पार्टी संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा कांग्रेससहितका दललाई समस्या परेको छ । बहुमत ३१ सदस्य पुग्नका लागि जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ ।

जनमोर्चाका तर्फबाट  प्रदेशसभा संसदीय दलका नेता थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनका पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्विप पनि जारी गर्नुभएको छ ।

पार्टीको निर्णय परिवर्तन नभएको बताउँदै अध्यक्ष बरालले (आज) बुधबारसम्म थापाले हस्ताक्षर गर्ने विश्वास व्यक्त गरेका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा (एमाले) का २७ जना छन् भने एक  स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा छन् । त्यस्तै  कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२ र जसपाका दुई सांसद छन् ।


कस्तो लाग्यो ?

यो पनि