आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
संसद्को वर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय भएको हो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत तत्काल नलिने भएका छन्।
केही दिनमै विश्वासको मत लिने भनेर प्रधानमन्त्रीले यसअघि भने पनि तत्काल विश्वासको मत नलिने प्रधानमन्त्रीले बताएका हुन् । प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत नलिए संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त हुनेछ।