मंसिर ०७, २०८१, शुक्रबार
               

एमाले कसैको पैतृक सम्पत्ति होइन : भीम रावल

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेपछि उनले प्रतिक्रिया जनाएका छन् । 

सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेपछि नेता रावलले आफूहरूमाथि गरिएको कारबाहीलाई हास्यास्पद रहेको बताए।

‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कार्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ,’ उनले भने।

पार्टीबाट अलग भएर नयाँ पार्टी खोल्ने विषयमा रावलले नेकपा एमाले कसैको पेवा नभएको, कसैले नेकपा एमाले मेरो हो, तिमीहरु छोडेर जाओ भन्छन् भने त्यो पनि हास्यास्पद कुरा रहेको बताए । उनले अन्तिमसम्म पनि पार्टी एकता जोगाउन कोसिस गर्ने बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि