कैलाली । नेकपा एमालेले पार्टी निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्यसमेतबाट निष्कासन गरेको छ ।
निष्कासित हुनेमा संसदीय दलका नेता प्रकाश शाह, कृष्णराज सुवेदी र माया भट्ट छन् ।
पार्टी स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको भन्दै उनीहरूलाई निष्काशन गरिएको हो । प्रदेश अध्यक्ष कर्णबहादुर थापाका अनुसार प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नभएपछि उनीहरूलाई हटाइएको हो ।
यसैबीच, सुदूरपश्चिम सरकारमा नवनियुक्त चार मन्त्री र चार राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबारै सरकार पुनर्गठन गरेका हुन् ।
माजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्री मानबहादुर धामीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
त्यस्तै राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनारले पनि सपथ ग्रहण गरेका छन् । उनीहरुलाई प्रदेश प्रमुखले सपथ खुवाएका हुन् ।