मंसिर ०७, २०८१, शुक्रबार
               

राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् : कमल थापा

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था हटाएर देश र जनता बलियो नभएको टिप्पणी गरेका छन् । आज १४औँ  गणतन्त्र दिवसको दिन १३ वर्ष अगाडि राजसंस्थालाई हटाएर गणतन्त्र दिवस घोषणा गरिएको थिइयो ।

सोही दिनको सम्झना गर्दै अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उल्टै भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको उल्लेख गरेका छन् ।

अध्यक्ष थापाले लेखेका छन्, 'जेठ १५ गते– १३ वर्षअघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतिक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो । राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् । बरू भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ । त्यसर्थ, राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ ।’ 

यो पनि