मंसिर ०७, २०८१, शुक्रबार
               

आज बोलाइएको एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित

नेपाल फ्ल्यास
जेठ १७, २०७८

ADVERTISEMENT

काठमाडौं । आज बिहान १० बजेको लागि बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ । आज बोलाइएको बैठक भोलि विहान ११ सम्मका लागि स्थगित गरिएको एमाले नेता सुवास नेम्वाङले बताए ।

एमालेका १२ नेतालाई सोधिएको स्पष्टीकरणका बारेमा अब के गर्ने भन्ने बारेमा बैठक बोलाइएकोमा अझै एक दिन वर्तमान प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पर्खिने भएपछि बैठक मंगलबारको लागि सारिएको बताइएको छ ।

आज लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन भएकोले त्यसको नतिजा र त्यसपछि स्थायी कमिटी बैठक बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए । 

एमालेका  नेताहरू सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । उनीहरुले अझै स्पष्टीकरण नबुझाएको तामाङको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि