मंसिर ०७, २०८१, शुक्रबार
               

एक राप्रपाका अनेक नीति

नेपाल फ्ल्यास
जेठ १७, २०७८

ADVERTISEMENT
  • सोमबार लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभामा रिक्त सदस्यको मतदान राप्रपाका एक प्रतिनिधिद्वारा बहिष्कार, एक प्रतिनिधिद्वारा भने मतदान ।
  • बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा राप्रपाका प्रतिनिधिहरुद्धारा प्रधानमन्त्री ओलीतर्फका उम्मेदवारलाई मतदान ।
  • कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत राप्रपा तटस्थ । 
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने बेलामा राप्रपाका सांसद अनुपस्थित ।

सङ्घीय संसदमा एक सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले डेढ महिनाको अवधिमा चार नीति लिएको छ । कहिले सत्तापक्ष त कहिले विपक्षसँग गठबन्धन गर्दै आएको उसले तटस्थ समेत बसेको छ । 

पछिल्ला राजनीतिक घटनाक्रममा उसले चार नीति अवलम्बन गरेको छ । यसअघि औपचारिक निर्णय र घोषणा नै गरेर एमाले उम्मेदवारलाई मत दिने निर्णय गरेको राप्रपा सोमबार भएको राष्ट्रियसभा निर्वाचनमा भने सहयोग गरे । पार्टीले नेताहरूलाई स्वविवेकले निर्णय गर्ने जिम्मा दियो । 

जसअनुसार नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले मतदान बहिष्कार गरे । उनले कोरोना महामारी नियन्त्रणमा व्यस्त रहनुपरेका कारण मतदानमा सहभागी नभएको बताए ।

राणाले कोरोना महामारीबाट जनतालाई बचाउनु नै अहिले आफ्नालागि सबैभन्दा ठुलो कुरा भएको हुँदा निर्वाचनलाई प्राथमिकता नदिएको बताए । यता रुपन्देहीको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष राप्रपाकी शिवकान्ती चमारले भने आफूले मतदान गरेकी छन् ।

यसअघि बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा राप्रपाले एमाले ओली पक्षलाई सघाएको थियो । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा राप्रपाका प्रतिनिधिहरूले प्रधानमन्त्री ओलीतर्फका उम्मेदवार रामबहादुर थपालाई मतदान गरेका थिए । यद्यपी उनलाई खिमलाल देवकोटाले पराजित गरे ।

गत वैशाखमा भने कर्णाली प्रदेशमा त्यहाँका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत लिँदा राप्रपा तटस्थ थियो । राप्रपाकी सांसद सुशीला शाही तटस्थ बसेकी थिइन्  । 

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान गर्ने क्रममा भने राप्रपा एक मात्र सांसद राजेन्द्र लिङदेन अनुपस्थित थिए । उनी कोभिड पोजिटिभ भएका कारण प्रधानमन्त्री निर्वाचनका बेलामा उनी आफ्नो गृहजिल्ला झापामै थिए । त्यसबखत राप्रपाले आधिकारिक रूपमा कसैको पक्षमा उभिने वा तटस्थ बस्ने भनेर निर्णय पनि गरेको थिएन । 


कस्तो लाग्यो ?

यो पनि