मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  आज स्थायी कमिटी बैठक बोलाएका छन् । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

गत आइतबार आन्तरिक कारण देखाउँदै र सोमबार लुम्बिनी प्रदेशको राष्ट्रियसभा निर्वाचनका कारण भन्दै बैठक स्थगित भएको थियो । बैठकमा विशेष गरी शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने बताइएको छ ।

त्यस्तै बैठकमा यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको र उनीहरुलाई के कारबाही गर्ने भन्ने बारेमा पनि निर्णय हुन सक्ने तामाङले जानकारी दिए । १२ जनालाई के कारवाही गर्ने भन्ने बारेमा र लुम्बिनी प्रदेशको निर्वाचनका बारेमा पनि समीक्षा हुने तामाङको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि