नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ११ बजेका लागि बैठक आह्वान गरिएको भए पनि २ घण्टा ढिलो गरी बैठक सुरु भएको हो ।
यसअघि आइतबार बेलुका बस्ने भनिएको बैठक सोमबारका बिहानका लागि सारिएको थियो । सोमबार पनि स्थगित भएको बैठक आज बसिरहेकाे छ । बैठकमा बालुवाटारमा जारी बैठकमा बजेट, लुम्बिनी प्रदेशअन्तर्गत भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यसअघि नै माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरादेवी जैरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरिसकेका छन् ।
यस्तै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण माग गरि पत्र पठाइएको छ । तर उनीहरूले अहिलेसम्म जवाफ दिएका छैनन् ।