झापा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ । विभिन्न दाताबाट संकलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौंबाट खरिद गरी मङ्गलबार साँझ झापा ल्याइएको हो ।
आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । नगर अस्पतालमा अक्सिजनसहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग संकलन अभियान नै चलाएर १५ लाख रुपैयाँ रकम संकलन गरेको थियो ।
सोही रकमबाट ५० सिलिण्डर खरिद गरेको र बाँकी ६ लाख ५० हजार रुपैयाँ बचत रहेको नगर कमिटीका सचिव सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार प्रतिसिलिण्डर १६ हजारका दरले असिक्जन सिलिण्डर खरिद गरिएको छ ।
उनले एकजना दाताले एक सिलिण्डर बराबरको नगद सहयोग गरेको बताए । बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको छ ।