मंसिर ०७, २०८१, शुक्रबार
               

फेरि स्थगित भयो एमाले स्थायी कमिटी बैठक

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। 'नेताहरुको व्यस्तता र अरु तयारी पनि नपुगेकाले बैठक नबसेको हो,' उनले भने।

स्राेतका अनुसार बुधबारका लागि बोलाइएको बैठक पार्टी एकताका लागि थप पहल भइरहेकाले स्थगित भएको बताइएको छ । एमाले एकता जोगाउने भन्दै दोस्रो तहका नेताहरूबीच तीब्र छलफल चलिरहेको छ । 

ओली समूह नेपाल-खनाल समूहका दोस्रो तहका नेतालाई  भए पनि आफ्नो समूहमा ल्याउनपर्ने भन्दै वार्तामा जुटेका छन्। उक्त रणनीति अनुसार नेपाल समूहका नेपाल, खनाल सहित ११ जनालाई ओलीले कारवाही गरे पनि १२ जनालाई भने कारवाही गरिएको छैन। 


कस्तो लाग्यो ?

यो पनि