काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले असंवैधानिक तवरले बैठक बोलाएको भन्दै सहभागी नहुन आग्रह गर्दै निर्देशन दिएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आज एक विज्ञप्ति सार्वजनिक गर्दै केन्द्रीय सदस्यहरूलाई सहभागी नहुन आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो कृयाकलापको निन्दा एवम् भत्र्सना गर्दछु, पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानुन विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सूचित गर्दछु ।’