मंसिर ०७, २०८१, शुक्रबार
               

पाण्डे र भुसालको ब्रिफिङ : ओली पक्षले हामीलाई भुलभुलैमा राखिरहेको छ

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । पार्टी विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलमा संलग्न माधव नेपाल समूहका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई भुलभुलैमा राख्ने गरेको भनी बिफ्रिङ गरेका छन् । 

बिहीबार नेपाल-खनाल समूहले भर्चुअल माध्यमबाट आयोजना गरेको  केन्द्रीय सदस्यको बैठकमा उनीहरुले सो ब्रिफिङ गरेका हुन् । 

मध्यान्ह १२ बजेदेखि सुरु भएको भेलामा सुरुमा नेता माधव कुमार नेपाल र झलनाथ खनालले धारणा राखेका थिए ।बैठकमा सहभागी एक नेताका अनुसार धारणा राख्ने क्रममा दुवै नेताले ओलीप्रति आक्रोश पोखेका थिए । 

‘तपाईँहरुका कुरा सुनौं, विकसित परिस्थितिको मुल्यांकन गरौँ भनेर यो छलफल राखिएको हो । सबैको धराणा सुनेर अघि बढ्न सहज हुने ठानेर भेला गर्नुपरेको हो’, नेता नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पार्टी एकताका लागि अनौपचारिक ढंगले केही साथीहरुले कुरा पनि गरिराख्नु भएको छ । तर, खासै उपलव्धि भइसकेको छैन ।’ ती नेताले खनालले बैठकमा ओलीका गतिविधि अझै सच्चिन तयार नभएको भनी टिप्पणी गरेको बताए । 

पार्टीमा दोस्रो पुस्ताका अग्र नेताको रुपमा चिनिएका सुरेन्द्र पाण्डे र घनश्याम भुसालले ओली पक्षले वार्ताका नाममा भुल्याउन मात्रै खोजेको आफुहरुलाई भान भएको ब्रिफिङ गरेको ती नेताले बताए । 

पार्टी विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलका नेतामध्ये भीम रावललाई ओलीले कारवाही गरेपछि सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले ओली पक्षसँग छलफल गरेका थिए ।

नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका वार्ता टोली सदस्यले आफूहरुले पार्टी एकता जोगाउन इमान्दार प्रयास गरेको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि